मेलम्ची बाढी अपडेट : बेपत्ता हुनेको संख्या १६, दुई जनाको मृत्यु काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार राती सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मेलम्ची खोलामा बाढी आउँदा १६ जना बेपत्ता भएको बताएको छ। बुधबारसम्म बेपत्ता हुनेको संख्या ७ रहेको बताइएपनि प्राधिकरणल आज सो संख्या १६ रहेको जनाएको हो। बाढीमा परी २ जनाको मृत्यु भएको र ६ जना घाइते भएको प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्