पितृसत्तात्मक सोच बलियो भएर बसेको छ: उपसभामुख तुम्बाहाङ्फे

काठमाडौं। उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पितृसत्तात्मक सोच बलियो भएर बसेको बताएकी छन्।

आफैंद्वारा लिखित ‘नेपालमा महिला आन्दोलन’ पुस्तकमाथि २६ पुसमा गरिएको परिचर्चा कार्यक्रममा उपसभामुख तुम्बाहाङ्फेले शासन र सत्तामा महिलाको सहभागिता शून्य र न्यून रहेको टिप्पणी गरिन्।

उपसभामुख तुम्बाहाङफेले नेपालमा महिला आन्दोलनको विषयमा पीएचडी गर्ने क्रममा तयार पारेको थेसिसलाई पुस्तकका रूपमा प्रकाशित गरेकी छन् ।

पितृसत्तात्मक सोचको शिकार महिला मात्रै नभएर पुरुष पनि भएको उनले बताइन्।

जरो गाडेको पितृसत्तात्मक सोचलाई उन्मुलन गर्न सबै महिलाहरु एकजुट भएर सशक्त हुन उपसभामुख तुम्बाहाङ्फेले आग्रह गरिन्।

पहिले र अहिलेलाई हेर्दा उपल्लो तहमा महिलाहरुको सहभागिता भए पनि महिलाहरुको अवस्था परिवर्तन हुन नसकेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्