काठमाडौं। योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २५ पुससम्म एक लाख ३६ हजार श्रमिक सहभागी भएका छन् ।
सामाजिक सुरक्षा कोषका अनुसार सबैभन्दा बढी प्रदेश ३ बाट ९८ हजार १९७ श्रमिक योजनामा सहभागी भएका छन्।
प्रदेश १ बाट २१ हजार ३२१, प्रदेश २ बाट सात हजार ८३२, गण्डकी प्रदेशबाट पाँच हजार १४४, प्रदेश ५ बाट तीन हजार २९०, सुदूरपश्चिमबाट ४६१ र कर्णाली प्रदेशबाट १६९ श्रमिक कोषमा सूचीकृत भएका छन्।
१२ हजार ११ रोजगारदाता कोषमा सूचीकृत भएका छन्।
सबैभन्दा बढी प्रदेश ३ बाट ८ हजार १९, प्रदेश १ बाट एक हजार ८६०, प्रदेश ५ बाट ८५९, गण्डकी प्रदेशबाट ५५३, प्रदेश २ बाट ४७२, सुदूरपश्चिमबाट १२८ र कर्णाली प्रदेशबाट १२० रोजगारदाता कोषमा सूचीकृत भएका छन्।
सूचीकरण प्रक्रियामा ७४ जिल्ला समेटिएका छन् । कोषमा ४१ करोड ९४ लाख १६ हजार रूपैयाँ योगदान रकम संकलन भएको छ।
योजनाबाट तीन योगदानकर्ताका परिवारले सुविधा प्राप्त गर्न थालेका छन्।
कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा गरी चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ। रासस
" /> काठमाडौं। योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २५ पुससम्म एक लाख ३६ हजार श्रमिक सहभागी भएका छन् ।

">