काश्मिरमा भारतले एकतर्फी कदम उठाउन सक्छ : कुरैशी एजेन्सी।पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले संयुक्त राष्ट्रसंघलाई सूचित गर्दै भारतले काश्मिरमा फेरि कुनै एकतर्फी कदम उठाउन सक्ने बताएका छन्।विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘भारतले काश्मिरमा फेरि अवैध एकतर्फी कदम उठाउन सक्छ।फेरि विभाजन र त्यहाँको जनसांख्यिकी बदल्नका लागि जेसुकै गर्न सक्छ।’विदेशमन्त्री कुरैशीले सुरक्षा परिषदका अध्यक्ष र राष्ट्रसंघका महासचिवलाई लेखेको पत्रमा पछिल्लो २२ महिनामा भारतले खुला रुपमा मानवअधिकार उल्लंघन गरेको उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्