मौसम खराबीका कारण मनाङको फु गाउँको लेकमा फसेका ७५ जना उद्दार भएन
काठमाडौं। मनाङको नार्पाभूमि गाउँपालिकाको फु गाउँको लेकमा ७५ जना फसिरहेका छन्। निवर्तमान सांसद पाल्देन छोपाङ गुरुङसहितको टोलीले उद्धार गर्न प्रयास गरे पनि मौसमको खराबीका कारण उद्धार हुन नसकेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। चामेमा पानीको अभाव भएपछि निवर्तमान सांसद गुरुङको पहलमा निजी हेलिकोप्टरमार्फत खानेपानी लगिएको लामिछानेले बताए।
प्रतिक्रिया दिनुहोस्