सर्पको टोकाइबाट बालिकाको मृत्यु
दाङ। देउखुरीमा सर्पको डसाइबाट आज एक बालिकाको मृत्यु भएको छ। गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहोराको मृत्यु भएको लमही अस्पतालले जनाएको छ। सर्पको डसाइबाट अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि उनलाई अस्पतालमा ल्याएको केही क्षणमै चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्