मनाङका ११८ बाढीपहिरोपीडितको उद्धार
मनाङ। अबिरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ। मौसममा केही सुधार आएपछि आज मनाङका विभिन्न स्थानबाट ११८ जनाको उद्दार गरिएको हो। दुई वटा हेलिकप्टरबाट यहाँका सबै क्षेत्रबाट ती पीडितहरुको उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए। प्रजिअ लामिछानेका अनुसार नार्पाभूमि गाउँपालिकाको फू गाउँबाट ५६ जना, नासों गाउँपालिकाबाट ५५ र ओडारबाट १० जनाको उद्दार गरिएको छ।
प्रतिक्रिया दिनुहोस्