भर्चुअल कक्षाको विकल्प खोजिनुपर्छ : शिक्षक महासंघ काठमाडाैं।सरकारले भर्चुअल कक्षामार्फत पढाउन भन्दै असार १ देखि नयाँ शैक्षिक सत्र सुरु गरेको छ।सबै विद्यार्थी भर्चुअल माध्यमबाट पढ्न नसक्ने भन्दै नेपाल शिक्षक महासंघले विकल्प खोज्न सरकारसँग माग गरेको छ।महासंघले भर्चुअल माध्यमबाट पत्रकार भेटघाट कार्यक्रम राख्दै ग्रामीण क्षेत्रका विद्यार्थीले भर्चुअल कक्षा लिन नसक्ने बताएको हो।महासंघका केन्द्रीय सहअध्यक्ष पूर्णप्रसाद दवाडीले सामुदायिक विद्यालयका २५ प्रतिशत विद्यार्थीको पनि भर्चुअल कक्षामा पहुँच नभएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्