तिब्बतमा पहिरो जाँदा तामाकोशी नदी थुनियो, नदी किनाराका बस्तीमा उच्च जोखिम काठमाडौं। तिब्बतमा पहिरो जाँदा तामाकोशी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गर्दै जुनसुकै बेला तामाकोशी नदी थुनिएर बनेको ताल फुट्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। नेपाल-चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गजिया शहर र सो आसपासमा भारी वर्षा भएर पहिरो जाँखा नदी थुनिएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्