भारतीय चर्चित धावक मिल्खा सिंहको कोभिड–१९ संक्रमणले निधन एजेन्सी। भारतका चर्चित धावक मिल्खा सिंहको कोभिड–१९ संक्रमणका कारण शुक्रबार राती निधन भएको छ। गएको एक महिनादेखि कोभिड–१९ सँग जुधिरहेका ९१ बर्षिया सिंहको चण्डीगढको अस्पतालमा निधन भएको हो। कोभिड–१९ कै कारण उनकी पत्नी निर्मल कौरको पनि एक साताअघि निधन भएको थियो। 'फ्लाइङ सिख'को उपनामबाट परिचित सिंहले १९५८ को कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्