बाढीपीडितको नाममा चन्दा संकलन र कालोबजारी गर्नेलाई एक लाख जरिमाना र दुई वर्षसम्म कैद हुने काठमाडौं। सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले बाढीपीडितको नाममा चन्दा,राहत संकलन गरे कारबाही गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै बजार मूल्यबृद्धि, कृत्रिम अभाव र गणस्तरहीन बस्तुको कारोबार गरेमा पनि कारबाही गर्ने जानकारी दिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार चन्दा संकलन र कालोबजारी गर्नेलाई एक लाख जरिमाना र दुई वर्षसम्म कैद गर्ने व्यवस्था रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्