सुर्खेत। नेपाल खाद्य संस्थान सुर्खेतले कर्णाली प्रदेशमा उत्पादन हुने रैथानै सिमी र फापरलाई सहुलियत दरमा विक्री–वितरण शुरू गरेको छ।

१६ पुसमा शुरू भएको ‘नेपाल भ्रमण वर्ष–२०२०’  लाई लक्षित गर्दै संस्थानको सुर्खेत कार्यालयले सहुलियत दरमा सिमी र फापर विक्री गर्न थालेको हो।

कर्णालीका मुगु, कालिकोट, जुम्लालगायतका जिल्लाका कृषकबाट आफैं खरीद गरेको संस्थानले वीरेन्द्रनगरमै विक्री–वितरण गर्न शुरू गरेको छ।

कृषकबाट सोझै खरीद गरी आफैंले ग्रेडिङ्ग र प्याकेजिंङ्ग गरेर विक्री–वितरण शुरू गरेको नेपाल खाद्य संस्थान सुर्खेतका प्रमुख भीम थापाले जानकारी दिए। “कर्णालीका अर्गानिक उत्पादन गर्ने किसानहरूबाट सोझै खरीद गरेका छौँ”, थापाले भने, “उच्चतम ग्रेडिङ्ग र प्याकेजिङ्ग गरी सहुलियत दरमा हामी (संस्थान) आफैंले विक्री–वितरणको काम थालनी गरेका हौं।”

संस्थानले सिमी प्रतिकिलो १२० र फापर प्रतिकिलो ५० रूपैयाँमा बेचिरहेको छ। बजारमा भने, सिमीको मूल्य १५० रूपैयाँ र फापरको १०० रूपैयाँ किलोग्राममा विक्री भइरहेको छ। “आफैंले खरीद गरेको सहुलियतमा संस्थानले विक्री–वितरण गर्न थालेको यो पहिलो पटक हो”, थापाले भने, “कर्णाली घुम्न आउने पर्यटकहरूलाई कर्णालीको चिनो लिएर जाने अवस्था बनाउन हामीले कर्णालीको उत्पादन बेच्न थालेका हौं।”

बिचौलियाका कारण कर्णालीका कृषकले उचित मूल्य नपाइरहेको अवस्थामा खाद्य संस्थानले नै यी दुई कृषि वस्तु विक्री–वितरण गर्दा कृषकले पनि उचित मूल्य पाएका संस्थानको दाबी छ। बजारमा पाइने कृषि वस्तुमा मिसावट हुनसक्ने दाबी गर्दै थापाले खाद्य संस्थाले सहुलियतमा राखेका खाद्यवस्तुमा मिसावट नभएको उल्लेख गरे। जसका कारण उपभोक्ताले पनि गुणस्तरीय खाद्यवस्तु पाउने उनको भनाइ छ।

खरीद गर्न चाहनेका लागि कुनै परिमाणको सीमा नराखिएको जनाएको खाद्य संस्थान सुर्खेतले सहुलियत दरको मूल्य तिरेर जसले पनि चाहेको जति सामग्री पाउने जनाएको छ। संस्थानले आगामी दिनमा कर्णालीका अन्य कृषि उत्पादनलाई समेत विक्री–वितरण गर्ने जनाएको छ।

" /> सुर्खेत। नेपाल खाद्य संस्थान सुर्खेतले कर्णाली प्रदेशमा उत्पादन हुने रैथानै सिमी र फापरलाई सहुलियत दरमा विक्री–वितरण शुरू गरेको छ।

"> सहुलियतमा सिमी र फापर बेच्दै खाद्य संस्थान  : Dekhapadhi
सहुलियतमा सिमी र फापर बेच्दै खाद्य संस्थान

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्