चीनको लसानबाट लुम्बिनी विकास कोषलाई स्वास्थ्य समाग्री सहयोग
काठमाडौं। चीनको लसान जाइण्ट बुद्ध रमणीय क्षेत्र व्यवस्थापन समितिले लुम्बिनी विकास कोषलाई ४० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। हिमालयन एयरलाइन्सको चार्टर उडानमार्फत लसानबाट १५ थान अक्सिजन कन्सन्ट्रेटर,५० हजार सर्जिकल मास्क, दुई हजार पीपीई र दुई हजार मेडिकल गगल्स ल्याएको हो। ती सामग्री लुम्बिनी पठाउने तयारी भइरहेको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन् राईले बताए।
प्रतिक्रिया दिनुहोस्