सेती नदीले खतराको सतह पार गर्यो, सुरक्षित स्थानमा बस्न तटीय क्षेत्रमा सूचना
बझाङ। सेती नदीमा आएको बाढीले खतराको सतह पार गरेको छ। सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो। नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान सुरु गरेको छ। जिल्लाको जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नदी किनाराका बस्तीलाई सतर्क रहन सूचना गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए।
प्रतिक्रिया दिनुहोस्