लिपिङ पुल अवरुद्ध हुँदा शिक्षण, वीर र नर्भिक अस्पतालको अक्सिजन प्लान्ट तातोपानीमै रोकियो
काठमाडौं। बाढीपहिराले लिपिङ पुल अवरुद्ध हुँदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याउदै गरेक अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ। मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भाँसिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौं ल्याउन नसकिएको आयातकर्ता विद् म्यानेजमेन्टले जनाएको छ। अक्सिजन प्लान्ट ल्याउनको लागि 'एयर लिफ्टिङ' गर्न छलफल भइरहेको कोभिड–१९ युनिफाइड अस्पतालका प्रमुख प्रा.डा.जागेश्वर गौतमले बताए।रासस
प्रतिक्रिया दिनुहोस्