राष्ट्रसङ्घको सत्ता हत्याउने सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित
बीबीसी। संयुक्त राष्ट्रसङ्घले म्यानमारमा यो वर्ष भएको सैन्य कूको प्रतिक्रियास्वरुप सेनालाई हतियार आपूर्ति बन्द गर्न प्रस्ताव पारित भएको छ। राष्ट्रसङ्घको प्रस्तावलाई १९ देशले समर्थन गरेका थिए। कानूनीरुपमा बाध्यकारी नभएपनि राष्ट्रसङ्घको प्रस्तावलाई राजनीतिक रुपमा महत्वपूर्ण मानिन्छ। राष्ट्रसङ्घले निर्वाचित नेत्री आङ सान सूकीसहितका राजनीतिक बन्दीलाई मुक्त गर्न र शान्तिपूर्ण प्रदर्शनविरुद्ध हिंस्रक दमन बन्द गर्न समेत आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस्