चीनले बच्चा जन्माउने सीमालाई सन् २०२५ सम्ममा अन्त्य गर्ने : रिपोर्ट एजेन्सी। चीनले जनसंख्या वृद्धि सुस्त भएको पाएपछि सन् २०२५सम्ममा बच्चाको जन्ममा आफ्नो सीमा समाप्त गर्ने एक रिपोर्टले जनाएको छ। यस योजनाबारे विचार गरिरहेको ‘द वाल स्ट्रीट जर्नल’मा उल्लेख छ। रिपोर्टअनुसार सरकारले चीनको चालु पञ्चबर्षीय आर्थिक योजनाको अन्त्यमा बच्चा जन्माउने प्रतिबन्धहरूलाई पूर्णतया हटाउने देखिएको हो। चीनको राष्ट्रिय तथ्याङ्क विभागका अनुसार जन्मदर सन्२०१६ देखि सन्२०२० सम्म लगातार चार बर्षसम्म घटेको देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्