काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सभामुखको उम्मेद्वार चयनमा सकस परिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसद गगन थापाले नियमानुसार संसदको प्रक्रिया अघि बढाउन माग गरेका छन्।
सांसद थापाले आज सामाजिक सञ्जाल ट्विटर र फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई सदनको प्रक्रिया निमय अनुसार अघि बढाउन माग गरेका हुन्।
‘उपसभामुख ज्यू, संसद कुनै दल विशेषको छायाँ होइन, तपाईं संसदको उपसभामुख हो, नियमानुसार सदनको प्रक्रिया अगाडी बढाइयोस्’, थापाले भनेका छन्।
उनले नेकपाभित्रको स्वार्थको वेमेलले संसदलाई बन्धक बनाउनु निन्दनीय रहेको समेत टिप्पणी गरेका छन्।
‘संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रबन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलापमा छ’, थापाले लेखेका छन्।
नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गर्न आग्रह गरेपनि उनले राजीनामा गरेकी छैनन्।
उनले आज बालुवाटारमा नेकपाका शीर्ष नेताहरूलाई भेटेर आफूले राजीनामा नदिने अडान दोहोर्याएकी छन्।
नेकपाले सभामखुको उम्मेद्वार चयन गर्न नसक्दा संसद आजसमेत बैठक तेस्रोपटक सरिसकेको छ।
संसदकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएसँगै प्रतिनिधि सभा सभामुखविहीन छ।
" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सभामुखको उम्मेद्वार चयनमा सकस परिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसद गगन थापाले नियमानुसार संसदको प्रक्रिया अघि बढाउन माग गरेका छन्।सांसद थापाले आज सामाजिक सञ्जाल ट्विटर र फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई सदनको प्रक्रिया निमय अनुसार अघि बढाउन माग गरेका हुन्।

">