काठमाडौं। नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न पाउने गरी नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ।
पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिव बैकुण्ठ अर्यालका अनुसार, चीनका तियानजिन, लियनयुङ्गा, सेन्जेन र झानजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह नेपालले प्रयोग पाउनेछ।
हुम्लाको यारी, सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोलासहति ६ वटा नाका व्यपारका लागि नेपालले प्रयोग गर्न सक्नेछ।
त्यसैगरी, तीन सुख्खा बन्दरगाहहरू लन्झाउ, ल्हासा र सिगात्सेपनि नेपालले प्रयोग गर्ने बाटो खुलेको छ। १ जनवरीबाट पारबहन सम्झौता कार्यान्वयनमा आएको सचिव अर्यालले जानकारी दिए।
चीनसँग जोडिएका रसुवा र तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेका छन् भने हुम्लाको यारी, सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका व्यपारका लागि नेपालले प्रयोग गर्न सक्नेछ।
भारतसँग भएको पारवहन सन्धि पनि तत्कालका लागि नविकरण हुने भएको छ। सचिव अर्यालले सन्धिमा आवश्यक नयाँ कुरा थप गरेर पुनः सन्धि गर्ने तयारी मन्त्रालयले पुरा गरेको बताए।
नयाँ सन्धि भएपछि नेपालले भारतको आन्तरिक जलमार्ग प्रयोग गरेर आयात–निर्यात गर्न सक्ने छ।
त्यसैगरी, नेपाली ध्वजावाहक पानीजहाज भारतीय आन्तरिक जलमार्गमा सञ्चालन गर्न पनि बाटो खुल्ने छ। अर्यालले भने, “भारतको जलमार्गमा रहेका आन्तरिक तीनवटा टर्मिनलहरू साहेबगञ्ज, कालुघाट र बाराणसीबाट व्यापारिक वस्तुहरू आयात निर्यात गर्न सके त्यसबाट नेपालको व्यापार लागत कम हुन्छ।”
त्यसैगरी, सरकारले भारतसँगको रेल्वे सम्झौताको म्याद पनि पाँच वर्षका लागि थप गरेको छ।
नेपालले विराटनगर, वीरगञ्जबाट भारतको कोलकत्ता र हल्दियासम्म नेपाली रेल सञ्चालन गर्ने सम्बन्धमा सैद्धान्तिक सहमति भएको उनले बताए।
" /> काठमाडौं। नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न पाउने गरी नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ।पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको हो।

">