मेलम्चीमा फेरि आकस्मिक बाढी आउन सक्ने काठमाडौं। हेलम्बु गाउँपालिका१ मा रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण यही असार१ गते मेलम्चीमा बाढी आएको पुष्टि भएको छ। हेलम्बु गाउँपालिकाका अनुसार भेमाथाङ्ग चौरको२५ प्रतिशत भाग मात्र पहिरो गएको छ। “बाँकी७५ प्रतिशतमध्ये के कति भागमा पहिरो जानसक्ने भन्ने हालसम्म यकिन नभएकोले थप बाढी जान सक्ने हुँदा सबै सरोकारवालाहरुले उच्च सावधानी अपनाउनसमेत जानकारी गरिन्छ,”हेलम्बु गाउँपालिकाले आज विज्ञप्ति जारी गर्दै भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्