इरानको नयाँ राष्ट्रपति बने इब्राहिम रइसी एजेन्सी। इरानमा नयाँ राष्ट्रपतिका लागि भएको निर्वाचनमा कट्टरपन्थी न्यायपालिका प्रमुख इब्राहीमा रइसी निर्वाचित भएका छन्। उनी इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनेइको कट्टर समर्थकको रुपमा चिनिन्छन्। रइसीले आगामी अगष्ट महिनामा हसन रुहानीको स्थान लिनेछन्। निर्वाचनमा रइसीले एक करोड ७८ लाख मत प्राप्त गरेका थिए। उनीसँग प्रतिस्पर्धामा उदारवादी उम्मेदवार अब्दुलनासिर हेम्माती रहेका थिए। रइसी सन् १९६० मा इरानको मशहदमा जन्मेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्