काश्मिरका नेताले भने– मोदीले बोलाएको बैठकमा जान सोच्नुपर्छ एजेन्सी। काश्मिरका नेशनल कन्फ्रेन्स, पिपुल्स डेमोक्रेटिक पार्टी(पीडीपी) कांग्रेस र सीपीआई(एम) ले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले बोलाएको बैठकमा सहभागी हुनेबारे विचार गर्ने जवाफ दिएका छन्। काश्मिरका नेताहरुलाई २४ जुनमा हुने बैठकमा सहभागी हुन निम्ता पठाइएको छ। ५ अगस्ट, २०१९ मा काश्मिरलाई प्राप्त विशेष राज्यको मान्यता समाप्त गरिएपछि पहिलोपटक हुन लागेको यो बैठकमा भविष्यमा काश्मिरबारे लिने निर्णयका सम्बन्धमा छलफल हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्