इब्राहिम रईसी इरानको राष्ट्रपतिमा निर्वाचित एजेन्सी। इरानको राष्ट्रपतिमा कट्टरपन्थी इब्राहिम रईसी निर्वाचित भएका छन्। उनले ६२ प्रतिशत मतसहित १३ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले आफूलाई जित दिलाएकोमा इरानी जनतालाई धन्यवाद दिँदै सबैको भरोसामा खरो रुपमा उभिने र जनताको हितमा हरसम्भव कोशिस गर्ने प्रतिबद्धता जनाएका छन्। वर्तमान राष्ट्रपति हसन रुहानीसँगको छलफलपछि दुवै जना मिडियामा आएका छन्। उनले आगामी अगस्टमा राष्ट्रपतिको शपथ लिनेछन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्