थुनिएको मर्स्याङ्दी बग्न थालेपछि तत्काललाई खतरा टर्‍यो काठमाडौं। मनाङको ङिस्याङ गाउँपालिका–४ हुम्देमा थुनिएको मर्स्याङ्दी नदी विस्तारै आफैं बग्न थालेपछि तत्कालका लागि ठूलो खतरा टरेको छ। शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा मर्स्याङ्दी थुनिएर ताल बनेको थियो। कमजोर खाले माटोसहितको पहिरो खसेकाले केही समयमै पानीले आफैं बाटो बनाएर बग्न थालेको मनाङ प्रहरीले जनाएको छ। मर्स्याङ्दी थुनिएर ताल बन्दा माथिल्लो मनाङ जाने बाटोमा पर्ने बेलिब्रिज जोखिममा परेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्