उपत्यकाका सीडीओ कार्यालय समयपछि निषेधाज्ञाबारे छलफलमा जुट्ने
काठमाडौं।जारी निषेधाज्ञालाई ८ गतेदेखि कसरी अघि बढाउने भन्ने सम्बन्धमा छलफल गर्न उपत्यकाको प्रमुख जिल्ला अधिकारीहरुको बैठक कार्यालय समयपछि बस्ने भएको छ। निषेधाज्ञाको समय सोमबार सकिने भएपछि अब कस्तो नीति अवलम्बन गर्ने भन्ने सम्बन्धमा साँझ छलफल हुने ललितपुरका सीडीओ ढुण्डी प्रसाद निरौलाले बताए। “निषेधाज्ञा केही खुकुलो बनाउने भन्ने छ।तर थप विषयमा छलफल भएको छैन। यसबारेमा निर्णय सोमबार दिउँसोसम्म आउँछ’, उनले भने।
प्रतिक्रिया दिनुहोस्