के सुरु होला काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ ? काठमाडौं।कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदैछ।निषेधाज्ञा थप गर्ने/नगर्ने वा‘स्मार्ट लकडाउन’ गर्ने भन्ने विषयमा निर्णय लिन आज ५ बजेपछि काठमाडौं,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ।“हामीले तीनै जिल्लाका प्रमुखलाई स्मार्ट लकडाउन सुरु गर्न सुझाएका छौं।यसको लागि गाइडलाइन पनि बनाएर दिएका छौं”,कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्