रेल्वे विधेयक अनुमोदनका लागि राष्ट्रिय सभामा पेश, जनकपुर-जयनगर रेल सञ्चालन अन्तिम तयारीमा

" /> रेल्वे विधेयक अनुमोदनका लागि राष्ट्रिय सभामा पेश, जनकपुर-जयनगर रेल सञ्चालन अन्तिम तयारीमा

"> राष्ट्रिय सभामा रेल्वे विधेयकमाथि छलफल शुरू: Dekhapadhi
राष्ट्रिय सभामा रेल्वे विधेयकमाथि छलफल शुरू
काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा ‘रेल्वे विधेयक २०७६’ काे छलफल शुरू भएकाे छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रस्तुत गरेको  उक्त विधेयकमा रेल यात्रुको व्यवस्थापन, सञ्चालनमा अवरोध गर्नेलाई हुने कारवाही, रेल अपराध नियन्त्रण लगायत विषय समेटिएका छन्।

चालु आब २०७६/७७ को बजेटमा रेल्वे सञ्चालनसम्बन्धी शीर्षकमा करीब आठ अर्ब रूपैयाँ बजेट विनियोजन गरिएको छ।

मन्त्री नेम्वाङले ‘रेल्वे विधेयक २०७६’ का सम्बन्धमा राष्ट्रिय सभाका सांसदहरूले उठाएका जिज्ञासा सम्बोधन गर्दै समय र परिस्थितिको आवश्यकता र मागबमोजिम रेल्वे विधेयक ल्याइएको बताए। रेल सञ्चालनमा ढिलाइ भएको स्वीकार गर्दै उनले नीतिगत रुपमा व्यवस्था गर्न विधेयक ल्याइएको स्पष्ट पारे।

सरकारले उचित बजेट व्यवस्थापन गर्दै रेलबाट कनेक्टिभिटीलाई विस्तार गर्ने सोच अघि सारेको मन्त्री नेम्वाङले जानकारी दिए। रेल्वे विधेयकका बारेमा सांसदहरूले आफ्नो धारणा राखेका छन्।

पढ्नुहाेस्

रेल्वे विधेयक अनुमोदनका लागि राष्ट्रिय सभामा पेश, जनकपुर-जयनगर रेल सञ्चालन अन्तिम तयारीमा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्