वन अधिकृतले ‘मुद्दा मिलाइदिन्छु’ भन्दै लिए ४० हजार घुस काठमाडौं। निलकण्ठ सव–डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत (कार्यालय प्रमुख) कृष्णप्रसाद पौडेल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस रकमसहित आज पक्राउ गरेको हो। सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा मुद्दा मिलाउने भन्दै उनले घुस लिएको अख्तियारले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्