बाइडेनले पहिलो भेटमा रुसी राष्ट्रपति पुटिनलाई दिएको ‘चस्मा’मा के छ विशेषता? एजेन्सी। गतसाता स्वीट्जरल्याण्डको जेनेभामा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि भएको पहिलो भेटमा जो बाइडेनले रुसी राष्ट्रपतिलाई चस्मा उपहार दिएका थिए। यो एउटा विशेष चस्मा हो, जुन अमेरिकी कम्पनी रनडोल्फ युएसएले बनाएको हो। यस्तो चस्मा अमेरिकी सेना र नेटो सदस्य राष्ट्रमा पठाइँदै आइएको थियो। कम्पनीले उक्त‘एचजीयु–४/पी एभियटर’ चस्मा फाइटर विमानको चालकको लागि निर्माण गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्