मनाङका १८० जना बाढीपहिरो पीडितलाई हेलिकप्टरमार्फत सुरक्षित ठाउँमा सारियो
काठमाडौं। मनाङका बाढीपहिरो पीडित १८० जनालाई सुरक्षित स्थानमा सारिएको छ। सेनाको हेलिकप्टरको सहयोगले उनीहरुलाई अन्यत्र सारिएको मनाङका निवर्तमान सांसद पोल्देन छोपाङ गुरुङले बताए। आज हेलिकप्टरमार्फत खाद्यान्न र अन्य सामग्री वितरण गरिएको उनले बताए। सोही हेलिकप्टरबाट अशक्त, बालबालिका र जेष्ठ नागरिकलाई४० जनालाई पोखरा सार्ने योजना रहेको गुरुङले बताए। यसअघि ५० अशक्त, बालबालिका र जेष्ठ नागरिक काठमाडौं र पोखरा सारेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्