बाढी, पहिरो र डुबानमा परी कुन जिल्लामा कति जनाको मृत्यु?
काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि आइतबार दिउँसोसम्म १८ जनाको मृत्यु भएको छ। प्रहरीकाअनुसार मृत्यु हुनेहरूमा ११ जना पुरुष, चारजना महिला, दुईजना बालक र दुईजना बालिका रहेका छन्। मृत्यु हुनेमध्ये सिन्धुपाल्चोकमा४, डोटीमा ३, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ र बाजुरामा १÷१ जना रहेका छन्।
प्रतिक्रिया दिनुहोस्