सामाजिक अभियान्त बताउने ज्वाला संग्रौलासहित तीनजना हिरासतमा काठमाडौं। सामाजिक अभियान्त बताउने ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ। युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा राखेको हो। पक्राउ पर्नेमा ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेको महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतले बताए। उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्