बेल्जियममा निर्माणधीन विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु एजेन्सी। बेल्जियममा निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा पाँच आइतबार जनाको मृत्यु भएको छ। आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ। दुर्घटनामा परेर घाइते भएका ९ जना मजदुरहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ। आगामी सेप्टेम्बरमा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि निर्माण भइरहेको सो भवन भत्किएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्