मनसुन सुरु भएयता ६१ स्थानमा पहिरो, ८ जनाले गुमाए ज्यान
काठमाडौं। यस वर्ष मनसुन सुरु भएयता ६१ स्थानमा ठूला पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार ती घटनामा ८ जनाको मृत्यु र १२ जना घाइते भएको छ। “तपाईंको टोल बस्तीमा पनि पहिरोको जोखिम हुनसक्छ। त्यसैले पहिरोका पूर्वसंकेतहरु थाहा पाइराखौं र पूर्वतयारी पनि थालिहालौं,” प्राधिकरणले आज भनेको छ।
प्रतिक्रिया दिनुहोस्