यी हुन् स्मार्ट लकडाउनमा पर्ने ७ प्राथमिकताका विषय काठमाडौं।सरकारले काठमाडौं उपत्यका लगायतका जिल्लामा स्मार्ट लकडाउन सुरु गर्ने गृहकार्य गरिरहेको छ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार स्मार्ट लकडाउनमा सात कुरालाई प्राथमिकता दिइएको छ।ती हुन्– सकभर अनलाईन सेवालाई प्राथमिकता दिने,कार्यालयहरुमा सीमित कामदार मात्र बोलाउने,कामदारलाई आइसोलेसनमा राखेर उद्योग–कलकारखाना सिफ्टमा चलाउने, साँस्कृतिक–सामाजिक कार्यलाई सीमित दिन छुट्याउने,पीडितलाई राहत दिने,सीमित संख्यामा गाडी चलाउने र सबै निकायले आ–आफ्नै गाइड लाइन बनाउने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्