इरान र अन्य ६ देशबीचको परमाणु वार्ता स्थगित एजेन्सी।इरान र विश्वमा ६ देशबीच २०१५ मा भएको परमाणु सम्झौता बहाल गर्न भन्दै भइरहेको वार्ता स्थगित भएको छ। सम्झौताका केही विषयमा असहमति कायमै रहेका बेला वार्ता स्थगित भएको हो। इरानका शीर्ष वार्ताकार अब्बास अरकचीले भियनाबाट इरानी टेलिभिजनलाई भने,‘हामी सम्झौतामा पहिलेभन्दा नजिक छौं। तर अझै केही विषयमा अहसमति छन् र म तेहरान फर्किदैछु।’ यद्यपि दुवै पक्षबीच पुनः वार्ता हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्