एक हजार हिन्दुलाई मुस्लिम बनाउने दुई मौलाना पक्राउ
एजेन्सी। भारतको उत्तर प्रदेशमा पैसा, जागिर र विवाहको प्रलोभन देखाई धर्म परिवर्तन गरेको आरोपमा दुई मौलानालाई आज पक्राउ गरिएको छ। पक्राउ पर्नेमा जहाँगीर आलम र मोहम्मद उमर गौतम रहेका छन्। उनीहरुमाथि एक हजार हिन्दूलाई प्रलोभनमा पारी मुस्लिम बनाएको आरोप लगाइएको छ। उनीहरुलाई आइएसआईले आर्थिक सहयोग गरेको पनि बताइएको छ। पक्राउ परेका दुवै जना दिल्लीको जामिया नगर क्षेत्रका बासिन्दा हुन्।
प्रतिक्रिया दिनुहोस्