हुँदाहुँदै भैंसी र पाडा पनि चोरी
सुनसरी। सुनसरी ईनरुवा नगरपालिका–९ बविया बस्ने रामरुप खत्वेको घरबाट भैंसी र पाडा चोरी भएको छ। भैंसी र पाडा चोरीगरी लैजाँदै गरेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका–५ टपरा बस्ने २२ वर्षीय जियाउदिन मन्सुसरीलाई प्रहरीले पक्राउ गरेको छ। सोही गाउँपालिका–६ सुकसेना नहरछेउबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस्