पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अनौठौ टिप्पणी, छोटो कपडाका कारण महिला बलात्कृत
एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा बलात्कार विषयमा दिएको अभिव्यक्ति विवादमा तानिएको छ। उनले पाकिस्तानमा बलात्कारको लागि महिलाहरुले लगाउने कपडा दोषी भएको बताएका थिए। “यदि महिला निकै छोटो कपडा लगाउँछन् भने यसले पुरुषलाई असर गर्छ। यदि ऊ रोबोट हो भने असर गर्दैन। यो कमनसेन्सको कुरा हो,”खानले भनेका छन्। उनको यो भनाई सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ।
प्रतिक्रिया दिनुहोस्