अफगानिस्तानमा शान्तिको लागि तालिवानको प्रस्ताव– ‘इस्लामिक सिस्टम’, महिलाहरु पर्दा पछाडि नै रहनुपर्ने
एजेन्सी। अफगानिस्तानमा शान्ति कायम गर्नको लागि त्यहाँको सरकारले प्रयास गरिरहेको छ। यसै क्रममा सरकारले तालिवानसँग पनि शान्तिको लागि विभिन्न तरिकाले वार्ता गरिरहेको छ। तालिवानले अफगानिस्तानमा शान्ति वहाल गर्न एक प्रस्ताव पेश गरेको छ। तालिवानले ‘वास्तविक इस्लामिक व्यवस्था’ले मात्र शान्ति कायम गर्ने जनाएको छ। महिलाहरुले इस्लामिक कानूनअनुसार अधिकार पाउने तर उनीहरु पर्दा पछाडि नै सीमित रहनुपर्ने धारणा तालिवानको छ।
प्रतिक्रिया दिनुहोस्