युएईकी सामाजिक कार्यकर्ता अला अल–सिद्दीकीको लण्डनमा कार दुर्घटनामा मृत्यु एजेन्सी। युनाइटेड अरब इमिरेट्स (युएई)की सामाजिक कार्यकर्ता तथा आलोचक अला अल–सिद्दीकीको एक कार दुर्घटनामा लण्डनमा मृत्यु भएको छ। उनी बेलायतस्थित गैर–नाफामुखी संस्था एएलक्युएसटीको कार्यकारी निर्देशक पनि थिइन्। सो संस्थाले युएईलगायत खाडी राष्ट्रमा स्वतन्त्रता र मानवअधिकारको पक्षमा वकालत गर्दै आएको थियो। सरकारी नीतिको आलोचना गरेको आरोपमा युएईले देश निकाला गरेपछि अलाले सन् २०१८ मा बेलायतमा शरण लिएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्