ब्राजिलमा रुख काटेपछिको समस्या : ९० वर्षमा सबैभन्दा बढी सुख्खाको सामना
एजेन्सी। रुख कटान बढेपछि अहिले ब्राजिललाई ठूलो समस्यामा परेको छ। ९० वर्षयता ब्राजिल्लले अहिले सबैभन्दा बढी सुख्खा समयको सामना गर्नुपरेको छ। अमेजनको ६० प्रतिशत जंगल ब्राजिलमा पर्छ। यही जंगलले विश्वको जलवायुलाई सन्तुलनमा राख्ने काम गर्छ। तर पछिल्लो १२ वर्षमा ब्राजिलमा रुख कटान यति धेरै भयो, जसले तापक्रम १.५ देखि ३ डिग्रीसम्म बढ्ने ब्राजिलका जलवायु वैज्ञानिक कार्लोस नोब्रेले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्