मलाई अहिले पनि स्पष्ट सम्झना छ, म र मेरो भाइ कहिले झगडा गर्न छोड्यौं। त्यतिबेला हामी दुवै किशोरावस्थाको प्रारम्भमा थियौं। एक रात उसले मलाई हाम्रो घरमा रहेको पुस्तकालयको ‘निषेधित क्षेत्र’मा फेला पार्यो। नलुकाई भन्दा म रंगेहात पक्राउ परें। म जुत्ता राख्ने र्याक पछाडि घुस्रिएर सानो टर्चको सहारामा ‘कामसुत्र’मा आधारित कथाहरूको किताब पढिरहेथें।
त्यसरी रंगेहात पक्राउ पर्दा म यति लज्जित भएँ, रातको २ बजे ऊ चाहिं त्यहाँ के गर्दैछ भनेर सोध्न पनि सकिनँ। उसलाई भने फाइदा भयो। त्यही घटनाको आधारमा ६ महीनाजति ऊ ममाथि हाबी भइरह्यो।
हामी दिदीभाइ नै किताबका कीरा थियौं। घरमा हुलाकमार्फत् हरेक महीना ‘किशोर’ नामक बाल पत्रिका आउँथ्यो। त्यो पहिला कसले पढ्ने भनेर हामीबीच झगडा हुन्थ्यो। हाम्रा बा–आमाले हरेकपटक रेल यात्रा गर्दा ‘अमर चित्रकथा’का अंकहरू किन्ने गर्नु हुन्थ्यो। शुरू-शुरूमा हामी हाम्रो मातृभाषा मराठीमा मात्र सीमित थियौं। पछि बिस्तारै अंग्रेजीमा पनि पढ्न थालेपछि हाम्रो अध्ययनको क्षितिज फराकिलो भयो।
हाम्रा बा–आमाले कहिल्यै पनि यो नपढ भन्नुभएन। तर, ‘केटाकेटीले पढ्न हुन्न’ भनिने किताब कहाँ छन् भन्ने हामीलाई थाहा थियो। ती किताब पक्कै पनि यौन, हिंसासँग सम्बन्धित थिए। मलाई सम्झना छ, एउटा ग्रीष्म सकिने बेलामा हामी दुवैले एकअर्कालाई थाहै नदिई यी सबै किताबहरू लुकिछिपी पढिसकेका थियौं।
रमाइला किताब त आफ्नै ठाउँमा छन्, हामी भेटेजतिका सबै किताब पढिदिन्थ्यौं। मेरो विचारमा हामीले त्यसो गर्नुको एउटा मुख्य कारण हो, हाम्रो ध्यान तान्ने अरू केही थिएनन्। न टिभी थियो, न कम्प्युटर। नागपुरमा पहिलोपटक टेलिभिजन भारतमा दोस्रोपटक एशियाली खेलकुद हुँदाताका आएको थियो। त्यो भन्दा पहिला हामीले समय काट्ने कि साथीहरू हुन्थे कि किताब। आजको इलेक्ट्रोनिक जमानाले त्यो किताबमोह पूरै नष्ट गरिदिएको छ।
मेरो एकजना साथीलाई उनको बच्चाले खाना नखाइदिएकोमा निकै चिन्ता हुने गर्थ्यो। मलाई भने मेरो बच्चाले कथा पढ्न, सुन्न र सुनाउन मन नपराउने हो कि भन्ने चिन्ता पर्थ्यो। मेरो सपना नै ती सबै मन पराउने बच्चा बनाउनु थियो। त्यसैले जब म गर्भवती भएँ, मैले परिस्थितिलाई आफूतिर ढल्काउने प्रयत्न गरें। मैले महाभारतमा वर्णित एउटा कथाको सिको गरें।
महाभारतमा अर्जुनपुत्र अभिमन्युको कथा छ नि। महाभारतको युद्ध हुँदा कौरव पक्षले चक्रव्यूह रच्छन्। त्यो चक्रव्युह तोड्न जान्ने दुईजना मात्र योद्धा हुन्छन्। तीमध्ये अभिमन्यु एक हुन्छन्।
अभिमन्युले आफ्ना सहयोद्धालाई भन्छन्, “मैले तिमीहरूलाई यसभित्र लैजान सक्छु। यो सबै मैले मेरो आमाको गर्भमा हुँदा सिकेको हुँ। त्यतिबेला कृष्णले उहाँलाई बताउनुभएको थियो। तर म बाहिर निकाल्न सक्दिनँ।”
यही कथाबाट प्रेरित भएर मैले आफ्नो गर्भमा भएको बच्चालाई कथा सुनाउन थालें।
मेरी छोरी जन्मिँदा म क्यालिफोर्नियामा थिएँ। त्यतिबेला मेरो घरदेखि नजिकै दुईवटा गज्जबका सार्वजनिक पुस्तकालय थिए। हामी प्रायःजसो त्यहाँ जान्थ्यौं। मेरी छोरी स्ट्रलरमा हुन्थिन्, जसको पिँधमा हाम्रो किताबको झोला हुन्थ्यो। शुरूमा उनी कुराकानी गर्ने गरी हुर्किसकेकी थिइनन्। म अडियो–बुक सुन्दै उनलाई गुडाउने गर्थेँ। तर, निकै छिटो त्यो प्रक्रिया रोकियो।
मेरी सानी छोरीले पुस्तकालय मन पराउन थालिन्। उनले कुराकानीमा रूचि राख्न थालिन्। उनलाई शब्दहरू मन पर्न थाल्यो। उनी भेटेजति सबैसँग कुराकानी गर्थिन्। कहिले हामीसँग, कहिले गुडियाँसग त कहिले रुखमा सुत्तसुत्त दौडिरहेका लोखर्केहरूसँग। उनका लागि ठूलो मान्छे ‘विशाल’ र सुन्दर घर ‘दरबार’ बन्न थालेको थियो। अनि साह्रै छिट्टै उनको शब्दज्ञानमा स–साना फरक आउन थाले। “म चिच्याइरहेछैन...रोइरहेछु” र “यो रात होइन, अँध्यारो हो” जस्ता वाक्य पूर्णतः उनले निर्माण गरेकी थिइन्। उनले ‘एटिच्युडिक’ र ‘ह्विथस्ट्यान्डेबल’ जस्ता अंग्रेजी शब्दको सही प्रयोग गर्न थालिन्।
हामी बच्चा हुँदा पनि यस्तै गर्थ्यौं। बासँग अनेकन शब्दको प्रयोग गरेर समय बिताउथ्यौँ। उहाँले हामीलाई सिकाउनुभएका ठूला, साना शब्द बारम्बार दोहोर्याइरहन्थ्यौं। मलाई सम्झना छ, अंग्रेजी शब्दकोषमा भएको सबैभन्दा लामो शब्द ‘Pneumonoultramicroscopicsilicovolcanoconiosis’ (न्यूमोनोअल्ट्रामाइक्रोस्कोपिकसिलिकोभोल्क्यानोकोनिओसिस्) बाले सुनाएपछि यसको शुद्ध उच्चारण गर्न हामीले निकै अभ्यास गरेका थियौं। उहाँले हामीलाई कहिले चरा, कहिले देश, कहिले फूल, कहिले नदी त कहिले किताबका पात्रको पाँच–पाँचवटा नाम भन्न लगाउनुहुन्थ्यो। त्यस्तै उहाँले हामीलाई अंग्रेजी र मराठी भाषाका समानार्थी र समश्रुतिभिन्नार्थी शब्दहरूको अभ्यास गराउनुहुन्थ्यो। पक्कै पनि यसले मलाई मेरो लेखन कार्यमा सघाएको हुनुपर्छ। मैले यस्तै अभ्यास मेरी छोरीसँग गरें।
अहिले उनी हुर्किइसकेकी छन्। उनका आफ्नै रूचिका किताब र रूचिका विधा छन्। मेरा सबै प्रिय कथा उनका प्रिय होइनन्। तथापि हामी ‘लिटल हाउस अन द प्रेरी’ (लउरा वाइल्डर) जस्तो पुरानो कथादेखि ‘द बेस्ट ब्याड लक आई इभर ह्याड’ (त्रिस्टिन लेभिन) र ‘पेन्डरविक्स’ (जन बर्डसल) जस्ता नयाँ कथा पनि उत्तिकै रमाइलो गरी पढ्छौं। उनले आफूलाई मन पर्ने र नपर्ने किताब पनि छुट्याउन थालेकी छन्। कतिसम्म भने मैले किन ‘पर्सी ज्याक्सन’ सिरिज (रिक रियोर्डन) मनपराइन भनेर प्रश्न गर्छिन् र मैले ‘अर्टेमिस फउल’ (इयन कोल्फर) मन पराउँदा व्यंग्य गर्छिन्। मैले पनि जेन अस्टेन पढ्ने उनको अधिरताप्रतिको आफ्नो असन्तुष्टि लुकाएकी छु। अनि उनले स्टेनबेकको विलक्षण प्रतिभा चिन्दा आनन्दाभूति गरेकी छु।
अचेल धेरैजसो विद्यालयमा लेखनलाई गम्भीरतापूर्वक लिने गरिन्छ। शहरका केही स्कुलहरूमा राम्रा पुस्तकालय पनि छन्। विद्यार्थीलाई पठन र लेखन दुवैमा जोड दिइन्छ। मलाई एकपटक निकै रूचिकर जिम्मेवारी दिइएको थियो। मैले विद्यार्थीहरूलाई ‘व्याख्यात्मक’ वा ‘वर्णनात्मक’ शैलीमा अनुच्छेद लेख्न सिकाउनुपर्थ्यो। त्यस्तै छन्दमा कविता लेख्न सिकाउनुपर्थ्यो। केटाकेटीहरूलाई निश्चित छन्दमा मिल्ने गरी शब्द राखेर लेख्न सिकाउँथे। उनीहरूले मात्रा गनीगनी शब्द राखेर कविता लेखेको देख्दा खुब रमाइलो लाग्थ्यो।
हामीले पनि आफ्नो समयमा यसै गरी सिकेका थियौं। तर, हामीलाई लेख्न सिकाउने कोही थिएन। अहिले मैले पढाउने विद्यालयका केटाकेटीले पाएको सुविधा देख्दा मलाई इर्ष्या लाग्छ। तर, पहुँच र सुविधा पाउनु मात्र बच्चाहरूका लागि पर्याप्त हुँदैन। उनीहरूसँग कुराकानी गरिरहने मानिस चाहिन्छ। उनीहरू गर्भमा हुँदादेखि नै त्यस्तो अवसर दिइनुपर्छ। (नर्मदा खरे विद्यार्थी र शिक्षक हुन्, पाठक र लेखक हुन् । र उनी जीवविज्ञानका हरथोक मन पराउँछिन्।)
- ‘द वायर’बाट अनुदित ।
" /> मलाई अहिले पनि स्पष्ट सम्झना छ, म र मेरो भाइ कहिले झगडा गर्न छोड्यौं। त्यतिबेला हामी दुवै किशोरावस्थाको प्रारम्भमा थियौं। एक रात उसले मलाई हाम्रो घरमा रहेको पुस्तकालयको ‘निषेधित क्षेत्र’मा फेला पार्यो। नलुकाई भन्दा म रंगेहात पक्राउ परें। म जुत्ता राख्ने र्याक पछाडि घुस्रिएर सानो टर्चको सहारामा ‘कामसुत्र’मा आधारित कथाहरूको किताब पढिरहेथें।त्यसरी रंगेहात पक्राउ पर्दा म यति लज्जित भएँ, रातको २ बजे ऊ चाहिं त्यहाँ के गर्दैछ भनेर सोध्न पनि सकिनँ। उसलाई भने फाइदा भयो। त्यही घटनाको आधारमा ६ महीनाजति ऊ ममाथि हाबी भइरह्यो।

">