अमरनाथ यात्रा कोरोना कारण लगातार दोस्रो वर्ष रद्द बीबीसी। कारोना महामारीका कारण यस वर्षको अमरनाथ यात्रा रद्द गरिएको छ। कोरोनाका कारण अमरनाथ यात्रा रद्द गरिएको यो लगातार दोस्रो वर्ष हो। जम्मु तथा कश्मिरका उपराज्यपाल मनोज सिन्हाले आज अमरनाथ यात्रा रद्द गरिएको बताएका हुन्। “कोरोना महामारीका कारण अमरनाथ यात्रा रद्द गरिएको छ। यो निर्णय अमरनाथ श्राइन बोर्ड सदस्यको सल्लाहपछि लिइएको हो। यात्रा मात्र प्रतीकात्मक रहनेछ,” उनले भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्