इरानका नवनिर्वाचित राष्ट्रपतिले दिए अमेरिकालाई धम्की
एजेन्सी। इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रइसीले इरानको ब्यालेस्टीक मिसाइल कार्यक्रमलाई लिएर अमेरिका र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग वार्ता नगर्ने बताएका छन्। आपूmले आफैंलाई ‘मानवअधिकारको रक्षक’ बताउँदै उनले इरानमाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध हटाउन पनि अमेरिकासँग आग्रह गरेका छन्। उनी इरानभित्रै कट्टरपन्थी नेताको रुपमा चिनिन्छन्। रइसीको जितले मध्यपूर्वमा खतरा बढेको प्रतिक्रिया इजरायलले दिइसकेको छ। इजरालले उनलाई ‘इरानका जल्लाद’ भनेको छ।
प्रतिक्रिया दिनुहोस्