इरानका नयाँ राष्ट्रपतिलाई इजरायलका प्रधानमन्त्रीले भने– तेहरानको जल्लाद
बीबीसी। इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रइसीलाई इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटले ‘तेहरानको जल्लाद’को संज्ञा दिएका छन्। उनले तेहरानमा क्रुर जल्लादको शासन सुरु भएको प्रतिक्रिया दिएका छन्। इरानलाई परमाणु सम्झैतामा फर्काउनको ढिला भइसकेको समेत उनले बताएका छन्। उनले आइतबारको मन्त्रिपरिषद्को बैठकमा रइसीका बारेमा यस्तो टिप्पणी गरेका हुन्। इजरायल र इरानबीच लामो समयदेखि दुश्मनीपूर्ण सम्बन्ध छ।
प्रतिक्रिया दिनुहोस्