बाढी पहिरोजन्य विपदमा परी २० को मृत्यु : ८०६ जनाको उद्धार रासस। मनसुनपछिको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उक्त अवधिमा २१ बेपत्ता र २० जना घाइते भएका छन्। अन्य ८०६ जनाको उद्धार भएको प्रहरीले जनाएको छ। बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा २० र बाजुरामा एक घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्