टिकटकद्वारा अमेरिकी प्रयोगकर्ताहरुका लागि गोपनीयता नीति परिवर्तन एजेन्सी। चिनियाँ भिडियो एप टिकटकले यसका प्रयोगकर्ताको ‘फेसप्रिन्ट, भ्वाइसप्रिन्ट र वायोमेट्रिक’ विवरणहरू सङ्कलन गर्न मिल्नेगरी यस महिनाको सुरूदेखि अमेरिकी प्रयोगकर्ताहरूको लागि गोपनीयता नीति परिवर्तन गरेको छ। जुन २ मा अद्यावधिक गरिएको यो नीतिबारे टेकक्रन्च नामक प्राविधिक साइटले भनेको छ, ‘हामीले स्वचालित रूपमा यी तथ्याङ्क सङ््कलन गर्ने जानकारी’ खण्डअन्तर्गत कम्पनीले प्रयोगकर्ताहरूलाई सीधै सूचित नगरी तथ्याङ्क संकलन गर्न दिइरहेको रिपोर्ट गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्