एनआरएनए र आईओएमबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए) र संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)बीच आपसी सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा संघका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा.बद्री केसीले हस्ताक्षर गरेका हुन्। समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरुको स्वेच्छिक फिर्ति, उनीहरुका लागि दिगो पुनःएकीकरण कार्यक्रम, सुरक्षित आप्रवासनसहित आर्थिक तथा मानवीय विकासका लागि सहकार्य गर्ने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्