मानवअधिकार हननको आरोपमा रइसीले तोडे मौनता
एजेन्सी। सन् १९८८ मा इरान–इराक युद्धपछि राजनीतिक बन्दीलाई सामूहिक मृत्युदण्ड दिएको आरोप लागेका इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रइसीले आफ्नो मौनता तोडेका छन्। मानवअधिकार उल्लंघनको आरोप लागेका उनले जस्तोसुकै अवस्थामा मानवअधिकारको रक्षा गरेकोमा आफूलाई गर्व लागेको बताएका छन्। सन् १९८८ मा ५ हजार राजनीतिक बन्दीलाई सामूहिक मृत्युदण्ड दिइएको थियो। मृत्युदण्ड दिइएकामा धेरैजसो वामपन्थी र विपक्षी मुजाहिदिन–ए–खल्फाका सदस्य थिए।
प्रतिक्रिया दिनुहोस्